

राजमार्ग सौन्दर्यकरण र सार्वजनिक शौचालय निर्माण गर्न सांसद आशिका तामाङको आग्रह
काठमाडौं । सांसद आशिका तामाङले देशका प्रमुख राजमार्गहरूमा सार्वजनिक शौचालय निर्माण र सडक किनारमा फूल तथा बोटबिरुवा रोपेर सौन्दर्यकरण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेकी छन् ।
उनले विशेषगरी त्रिभुवन राजमार्ग र पृथ्वी राजमार्गका विभिन्न स्थानमा सरसफाइ तथा आधारभूत सुविधाको अभावका कारण यात्रु र स्थानीय बासिन्दा दुवैलाई समस्या भइरहेको उल्लेख गर्दै तत्काल आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।
तामाङले राजमार्ग क्षेत्रमा स्वच्छता र सुविधायुक्त संरचना निर्माण भए यात्रुहरूको सहजता बढ्नुका साथै सडकको समग्र सौन्दर्य र पर्यटकीय आकर्षणसमेत वृद्धि हुने धारणा व्यक्त गरेकी छन् ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



