

मनोहरा किनारका अतिक्रमित बस्तीको स्थलगत अवलोकन, सुरक्षित स्थानान्तरणमा जोड : आईजीपी दान बहादुर कार्की
काठमाडौँ ।नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले मनोहरा नदी किनारमा अतिक्रमित बस्ती तथा भूमिबिहीन नागरिकहरूको अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले प्रभावित नागरिकलाई उचित व्यवस्थापनसहित सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्रभावकारी, व्यवस्थित र मानवोचित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
नदी किनार क्षेत्रमा अव्यवस्थित बसोबासका कारण बाढी तथा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा दीर्घकालीन समाधान आवश्यक रहेको कार्कीले औँल्याए। उनले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थाबीच समन्वय गर्दै नागरिकको सुरक्षा, सम्मानजनक पुनर्वास र आधारभूत सेवाको सुनिश्चितता प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
स्थलगत अवलोकनका क्रममा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै सम्भावित जोखिम न्यूनीकरणका उपायहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



