

बुटवलमा सरकारी जग्गा अतिक्रमण हटाउन डोजर सञ्चालन
बुटवल। बुटवल उपमहानगरपालिका–४ स्थित अगाडिको सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाउने कार्य सुरु गरिएको छ।
बुटवल उपमहानगरपालिकाले आइतबार बिहानदेखि उक्त क्षेत्रमा डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउन थालेको हो। शनिबार साँझ माइकिङमार्फत सूचना जारी गरिएपछि स्थानीयवासीले आफ्ना सामग्री आफैँ सारिसकेका थिए। हाल सुरक्षाकर्मीको उपस्थितिमा संरचना हटाउने कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
उक्त जग्गा तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा दर्ता रहेको थियो। अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसारको बुटवल इजलासलाई उक्त जग्गाको भोगाधिकार प्रदान गरिएको थियो।
साबिक वडा नम्बर ६ (हाल वडा नम्बर ४) अन्तर्गत पर्ने साविक कित्ता नम्बर ३९६ (हाल कित्ता नम्बर ७, ८, १२, ६१, १३ र ४०) को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका टहरा हटाउने कार्य भइरहेको हो।
यस क्षेत्रमा करिब बाह्र वर्षअघि पनि जग्गा खाली गराउने प्रयास गरिएको थियो। हाल त्यहाँ रहेका अधिकांश टहरामा चिया पसल तथा साना रेष्टुरेन्ट सञ्चालन हुँदै आएका छन्।
उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित सहरी विकासका लागि अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



