

सूर्यविनायकमा अपाङ्गता भएका व्यक्तिका लागि मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न
भक्तपुर, १३ बैशाख २०८३ — सूर्यविनायक नगरपालिकाले अपाङ्गता भएका व्यक्ति, उनीहरूका अभिभावक तथा वडा स्तरीय अपाङ्गता समन्वय समितिका सदस्यहरूका लागि एकदिने मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाभित्रका सबै वडाबाट सहभागिता रहेको उक्त कार्यक्रममा सामाजिक परामर्शदाता देवी सुमी मानवले सामाजिक, पारिवारिक र व्यक्तिगत जीवनमा खुशी र सन्तुलित रूपमा बाँच्ने उपायहरू बुँदागत रूपमा स्पष्ट पार्नुभयो। उहाँले सकारात्मक सोच, आपसी समझदारी र आत्मसम्मानलाई जीवन सुखी बनाउने मुख्य आधारका रूपमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा अपाङ्गता संरक्षण समितिका संयोजक एवं नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराईले फरक क्षमताका व्यक्तिहरूका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्वास्थ्य शिविर, सीपमूलक तालिम तथा सहज जीवनयापनका लागि आवश्यक सेवा–सुविधा उपलब्ध गराउन नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट समेत पहल जारी रहने उल्लेख गर्नुभयो।
उहाँले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकाका आवश्यकताहरू फरक–फरक हुने भएकाले प्रत्येक वडामा छुट्टाछुट्टै समिति गठन गरिएको जानकारी दिँदै ती समितिमार्फत समस्या तथा आवश्यकताहरू नगरपालिकासम्म पुर्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा समाजकल्याण शाखाका विजया सुवेदी र शर्मिला दाहालले छिट्टै सबै वडामा समिति पुनर्गठन गरिने जानकारी दिनुभयो। उहाँहरूले समितिमार्फत आएका माग र सुझावका आधारमा सेवा–सुविधा प्रभावकारी रूपमा प्रदान गरिने बताउँदै नागरिकका वास्तविक आवश्यकता पहिचान गर्न समिति प्रणालीलाई अझ सुदृढ बनाइने स्पष्ट पार्नुभयो।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको मनोसामाजिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
— भट्टराई राजन कुमार, बालकोट
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१० घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



