हर्क साम्पाङको कडा आपत्ति: सुकुमवासी बस्ती हटाउन सेनाको परिचालनप्रति प्रश्न

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले काठमाडौंमा नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रममा नेपाली सेनाको उपस्थिति देखिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले वर्तमान शासन शैलीप्रति प्रश्न उठाउँदै यसलाई ‘सैनिक शासन’तर्फ उन्मुख भएको संकेत गरेका हुन् ।

उनले लेखेका छन्, “नेपाली सेना किन बाटोमा निस्केकोरु सदनले अनुमोदन गरेर निस्केको होरु कि यो शासन सैनिक शासन हो ?”

साम्पाङले सीमाको सुरक्षामा खटिनुपर्ने सेना सुकुमवासी बस्ती हटाउने कार्यमा देखिनु गम्भीर र आपत्तिजनक विषय भएको टिप्पणी गरेका छन् । उनले भने, “सिमानामा खट्नुपर्ने सेना सुकुमवासी बस्तीतिर देखापर्नु भनेको आपत्तिजनक कुरा हो।”

काठमाडौं महानगरपालिकाले नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र बनाइरहेका बेला सुरक्षाका लागि नेपाली सेना समेत परिचालन गरिएको दृश्य सार्वजनिक भएपछि राजनीतिक बहस चर्किएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
361 Shares