

अध्यादेश प्रकरणमा बारको आपत्ति: ‘संसद् छलेर निर्णय’, तत्काल फिर्ता लिन माग
काठमाडौं । नेपाल बार एसोसिएसनले सरकारले संसद् अधिवेशनको सन्दर्भमै अध्यादेश सिफारिस गरेको भन्दै कडा आपत्ति जनाएको छ र उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
बारले बुधबार जारी गरेको विज्ञप्तिमा संसद् आह्वान भइसकेको अवस्थामा अध्यादेश ल्याइनु संवैधानिक अभ्यासविपरीत रहेको उल्लेख गरेको छ। “अध्यादेश अपवादस्वरूप अस्थायी प्रयोगका लागि हो, तर संसद् स्थगित गरेर पुनः अध्यादेश जारी गर्नु संसदीय अभ्यासलाई छलेको कार्य हो,” विज्ञप्तिमा भनिएको छ।
बारका अनुसार सरकारको यो कदमले संविधानको मर्ममाथि प्रहार गर्दै स्वेच्छाचारितालाई बढावा दिने खतरा उत्पन्न गरेको छ।
विज्ञप्तिमा महासचिव वरिष्ठ अधिवक्ता ले लेखेका छन्, “यस्ता कार्य संविधानवाद प्रतिकूल छन्। अतः उक्त अध्यादेश तत्काल फिर्ता लिन नेपाल सरकारसमक्ष माग गर्दछौँ। साथै, जनप्रतिनिधिमूलक संस्था र संसदीय प्रक्रियालाई सधैं सम्मान गर्न आग्रह गर्दछौँ।”
सरकारले वैशाख १४ र १५ गते संवैधानिक परिषद्, सहकारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल कानुन संशोधन तथा विश्वविद्यालयसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यही निर्णयप्रति बारले गम्भीर सरोकार व्यक्त गर्दै संवैधानिक मर्यादा पालन गर्न सरकारलाई दबाब दिएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



