

लिपुलेकसम्बन्धी भारत–चीन व्यापारिक सहमतिप्रति नेपाल असहमति, कूटनीतिक पहल अघि बढाइएको रास्वपाको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रसम्बन्धी भारत र चीनबीच भएको पछिल्लो व्यापारिक सहमतिप्रति नेपालले असहमति जनाइसकेको बताएका छन्।
बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले नेपाललाई औपचारिक जानकारी नदिई गरिएको यस्ता द्विपक्षीय समझदारी स्वीकार्य नहुने स्पष्ट पारे।
उनका अनुसार सीमा विवादजस्तो संवेदनशील विषयमा सरकार गम्भीर रूपमा सक्रिय रहेको छ। उनले सरकारले आवश्यक कूटनीतिक पहल अघि बढाइसकेको र सम्बन्धित देशहरूलाई कूटनीतिक नोटसमेत पठाइएको जानकारी दिए।
पराजुलीले सीमा समस्याको समाधान उत्तेजनात्मक प्रतिक्रियाबाट नभई संवाद र कूटनीतिक प्रक्रियामार्फत खोजिनुपर्नेमा जोड दिए। साथै, सरकारले आवश्यक तयारीसहित वार्तामार्फत समाधान निकाल्ने दिशामा काम गरिरहेको पनि उनले उल्लेख गरे।
उनले हाल कूटनीतिक पहल सुरु भइसकेको अवस्थामा अनावश्यक राजनीतिक टिप्पणीभन्दा संवाद प्रक्रियालाई अघि बढ्न दिनु उपयुक्त हुने धारणा व्यक्त गरे।
समाज
थप सामाग्री-
बागमती प्रदेशमा भाषा दिवसको अवसरमा सार्वजनिक बिदा, वैशाख २४ गते प्रदेशभर बिदा लागू
-
लिपुलेकसम्बन्धी भारत–चीन व्यापारिक सहमतिप्रति नेपाल असहमति, कूटनीतिक पहल अघि बढाइएको रास्वपाको दाबी
-
भिजिट भिसाको आवरणमा बढ्दो मानव तस्करी : राज्य कहिले गम्भीर बन्छ ?
-
अनुमतिविनै वैदेशिक रोजगारीको धन्दा चलाउने कन्सल्ट्यान्सीमा सिल
-
आज बैशाख २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.9kViews 474 Shares Share on Facebook Share on Twitter मेष- चिताएको काममा सफलता नमिल्न सक्छ । साथीभाइसँग मनमुटाव हुन सक्छ ।…



