काठमाडौं अदालतको पुर्जीपछि देउवा दम्पतीविरुद्ध इन्टरपोल प्रक्रियामा रेड नोटिसको तयारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि पूर्वप्रधानमन्त्री र उनकी पत्नी विरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने प्रक्रियाका लागि थप कागजात माग गरिएको छ।

इन्टरपोलले आवश्यक कानुनी प्रक्रिया अघि बढाउन थप प्रमाण तथा विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरेको बताइएको छ।

उपचारका लागि विदेश गएका देउवा दम्पती हालसम्म नेपाल फर्किएका छैनन्। उनीहरूविरुद्धको कानुनी प्रक्रिया भने अदालतको आदेशपछि अन्तर्राष्ट्रिय तहसम्म पुगेको छ।

Facebook Comments Box
TOP
157 Shares