

एमाले मुख्यालय च्यासल संकटमा, नयाँ कार्यालय खोजीमा नेतृत्व सक्रिय
काठमाडौं । च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय पार्टी मुख्यालय प्रयोगमा संकट उत्पन्न भएको छ। सरकारले भोगाधिकारमा प्रयोग भइरहेका तर लिजमा रूपान्तरण नभएका जग्गा खाली गर्न निर्देशन दिएपछि तुलसीलाल प्रतिष्ठानको नाममा रहेको च्यासल भवन पनि खाली गर्नुपर्ने अवस्था देखिएको हो।
सरकारी सूचनापछि एमाले नेतृत्वले वैकल्पिक कार्यालयको खोजीलाई तीव्र पारेको छ। पार्टी स्रोतका अनुसार च्यासल कार्यालय गुम्ने सम्भावना बढेसँगै नयाँ केन्द्रीय कार्यालयको विकल्पबारे आन्तरिक छलफल सुरु भइसकेको छ।
“सरकारी निर्देशनअनुसार च्यासल कार्यालय छाड्नुपर्ने अवस्था आउन सक्छ,” एमाले स्रोतले भन्यो, “त्यसैले अहिले नै वैकल्पिक स्थानबारे गृहकार्य भइरहेको छ।”
यता, तुलसीलाल प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले भने आफूहरूले मन्त्रिपरिषद्को निर्णयअनुसार नै उक्त जग्गा प्रयोग गर्दै आएको दाबी गरेका छन्। उनका अनुसार ५० वर्षे लिज स्वीकृत नभए पनि भवन निर्माणका क्रममा सरकारी सहयोगसमेत भएको थियो।
२०७२ सालको विनाशकारी भूकम्पपछि बल्खुस्थित पुरानो मुख्यालय क्षतिग्रस्त भएपछि एमालेले क्रमशः धुम्बाराही, थापाथली हुँदै च्यासलमा केन्द्रीय कार्यालय स्थापना गरेको थियो। तर अहिले पुनः कार्यालय स्थानान्तरणको चर्चा चलेसँगै पार्टीभित्रै नयाँ बहस सुरु भएको छ।
यसैबीच, कीर्तिपुरमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगमा निर्माणाधीन नयाँ पार्टी कार्यालय पनि विवादमा तानिएको थियो। अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त परियोजनालाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिएको स्रोतहरूले जनाएका छन्।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
६ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





