

डीएसपी टेक जोरालाई जिल्ला प्रहरी कार्यालय बझाङको कमाण्ड
बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोरालाई दिइएको छ। हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत रहेका जोरालाई काजमा बझाङ पठाइएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी खगेन्द्र धमला नेपाल प्रहरी स्टाफ कलेजमा सञ्चालन हुने एमपीएस अन्तर्गत ‘पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स’ (ब्याच–२) मा सहभागी हुन गएपछि उक्त स्थान खाली भएको थियो। सोही रिक्त स्थानमा डीएसपी जोरालाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
अनुभवी प्रहरी अधिकृतका रूपमा परिचित जोरा यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। त्यसपछि उनलाई प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। अब उनले बझाङ जिल्लाको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका हुन्।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





