मन्त्रिपरिषद्को निर्णय: मन्त्रालयको संख्या घटाएर १८ कायम, संरचनामा व्यापक पुनर्संरचना

काठमाडौं । संघीय सरकारअन्तर्गत मन्त्रालयहरूको संख्या घटाएर १८ वटा कायम गर्ने निर्णय गरिएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा अब कार्यविभाजन नियमावली, २०८३ मार्फत मन्त्रालयहरूको संख्या पुनर्संरचना गरिएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्दै प्रशासनिक संरचना सुदृढीकरण र कार्यक्षमता वृद्धि गर्ने उद्देश्यसहित मन्त्रालय समायोजनको निर्णय गरेको हो । नयाँ व्यवस्था लागू भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अब १८ वटा मात्र मन्त्रालय रहनेछन् ।

सरकारी निर्णयअनुसार केही मन्त्रालयहरू गाभिने तथा पुनर्संरचना हुने भएका छन् । सो क्रममा युवा तथा खेलकुद मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा संरचनागत परिवर्तन गरिनेछ ।

प्रस्तावअनुसार खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयसँग समायोजन गरी ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ गठन गरिनेछ । त्यस्तै, युवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा सामाजिक सुरक्षा सम्बन्धी क्षेत्रलाई एकीकृत गर्दै ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ बनाउने तयारी गरिएको छ ।

यसैगरी खानेपानी र शहरी विकास मन्त्रालयलाई भौतिक पूर्वाधार मन्त्रालयसँग गाभेर ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ गठन गरिनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम परिवर्तन गरी अब ‘मानव संशाधन मन्त्रालय’ राखिने निर्णय पनि गरिएको छ ।

गाभिएका तथा खारेज भएका मन्त्रालयहरूको विस्तृत विवरण राजपत्रमा प्रकाशित गरिने सरकारका प्रवक्ताले जनाएका छन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
112 Shares