मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारी नीति कार्यान्वयनको समीक्षा तथा विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ।

सरकारले पछिल्ला दिनमा देखिएका प्रशासनिक तथा नीतिगत निर्णयहरूलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल गर्न सक्ने स्रोतहरूले जनाएका छन्।

बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण आउने बताइएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
371 Shares