

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक, कार्यविभाजन नियमावलीदेखि भूमि नियम संशोधनसम्म स्वीकृत
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ।
सरकारका सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले पत्रकार सम्मेलनमार्फत बैठकले गरेका प्रमुख निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्री तिमिल्सिनाका अनुसार बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै, भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ पनि स्वीकृत गरिएको छ।
यसैगरी, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बाग्लुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने निर्णय गरिएको छ।
बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन्।
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू :
- नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गर्ने।
- विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने।
- सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बाग्लुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने।
- भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



