

प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी बैशाख महिनाको उत्कृष्ट प्रशिक्षक घोषित
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी बैशाख महिनाको “उत्कृष्ट प्रशिक्षक” (Best Instructor of the Month) घोषित भएका छन्।
केन्द्रका समादेशक सन्तोष सिंह राठौर ले निरीक्षक भण्डारीलाई प्रशंसा–पत्रसहित नगद पुरस्कार प्रदान गर्दै सम्मान गरेका हुन्।
प्रहरी निरीक्षक भण्डारीले संगठनको नीति निर्देशनअनुसार आफूलाई प्राप्त जिम्मेवारी तथा पदीय दायित्व अनुशासित, लगनशील र कर्तव्यनिष्ठ ढंगले उच्च व्यावसायिकतासहित निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
तालिम केन्द्रका अनुसार उनले प्रशिक्षण तथा प्रशासनिक गतिविधिलाई समयानुकूल, प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। कार्यकुशलता, अनुशासन, नेतृत्व क्षमता र समर्पणको उच्च मूल्याङ्कन गर्दै उनलाई २०८३ साल बैशाख महिनाको “उत्कृष्ट प्रशिक्षक” घोषणा गरिएको बताइएको छ।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्ने परम्पराले अन्य प्रहरी कर्मचारीलाई समेत थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
बालेनद्वारा दिपक साह पछि पर्यटनमन्त्री खडक प्रसाद पौडेल बर्खास्त गर्ने, नेबानीको सक्कल नतिजा बालुवाटार झिकाउँदै
-
मनसुनको जोखिमः यस वर्ष २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने सरकारी अनुमान
-
आज जेठ ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी बैशाख महिनाको उत्कृष्ट प्रशिक्षक घोषित
-
बुढानीलकण्ठ नगरपालिका र इन्डो अष्ट्रेलिया सनातन सोसाइटीबीच सांस्कृतिक सहकार्यबारे छलफल
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
२१ घण्टा अगाडि
1.1kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारी ठेक्कामा वर्षौंदेखि ‘सेटिङ सिन्डिकेट’ चलाउँदै आएको आरोप खेपिरहेको…



