

सडक दुर्घटना रोकथामका लागि “डिफेन्सिभ ड्राइभिङ” अनुशिक्षण सम्पन्न
ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरको आयोजनामा सडक दुर्घटना रोकथाम तथा न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सवारी दुर्घटनाबाट हुन सक्ने जनधनको क्षति कम गर्न तथा प्रहरी कर्मचारी स्वयं नै संलग्न हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित “रक्षात्मक ड्राइभिङ (Defensive Driving)” सम्बन्धी अनुशिक्षण सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रममा डिएसपी को आतिथ्य रहेको थियो । उनले सडक सुरक्षा र जिम्मेवार सवारी सञ्चालनको आवश्यकता औंल्याउँदै प्रहरी कर्मचारी स्वयं उदाहरण बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, जोखिम मूल्यांकन, आकस्मिक परिस्थितिमा निर्णय क्षमता, तथा दुर्घटना न्यूनीकरणका व्यावहारिक उपायहरूबारे प्रशिक्षण दिइएको थियो ।
प्रहरी परिसर ललितपुरले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



