

प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा प्रहरी कार्यालय परिसरभित्र ‘पञ्चायती शैली’मा हुने अनावश्यक भेला तथा छलफललाई रोक्न मातहतका प्रहरी कार्यालयहरूलाई कडा निर्देशन दिएका छन्।
बुधबार जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै आईजीपी कार्कीले मुद्दामा संलग्न पक्ष र विपक्षबाहेक अन्य व्यक्तिलाई प्रहरी कार्यालयमा प्रवेश गर्न नदिन स्पष्ट निर्देशन दिएका हुन्। उनका अनुसार प्रहरी कार्यालयलाई शान्त, सुरक्षित र निष्पक्ष न्यायिक प्रक्रियामैत्री वातावरणका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ।
आईजीपी कार्कीले समाजमा पीडित भएर प्रहरी कार्यालय धाउने नागरिकको संख्या घटाउने वातावरण निर्माण गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले भने, प्रहरी एक्लैले मात्र समृद्ध र सुरक्षित समाज निर्माण गर्न सक्दैन, यसका लागि समुदाय, स्थानीय तह र सबै सरोकारवालाको सहयोग आवश्यक छ।
पछिल्लो समय मादक पदार्थ र लागुपदार्थ सेवनका कारण घरेलु हिंसासहितका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता अपराध नियन्त्रणमा प्रहरी सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए। साथै, तस्करी र राजस्व छली नियन्त्रणका लागि ‘चोर बाटो’ प्रयोग रोक्दै वैध भन्सार मार्गबाट मात्रै कारोबार हुनुपर्ने गरी प्रभावकारी निगरानी बढाइएको पनि उनले बताए।
कार्यक्रममा पर्सा प्रहरीका अनुसार बेलायत सरकारको करिब २ करोड ४८ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको अत्याधुनिक भवन उद्घाटन गरिएको हो। संयुक्त राष्ट्रसंघ परियोजना सेवा कार्यालयअन्तर्गत सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रममार्फत उक्त संरचना निर्माण गरिएको जनाइएको छ।
नवनिर्मित सेवा केन्द्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरी, परामर्श र सुरक्षासम्बन्धी सेवालाई थप प्रभावकारी, सहज र संवेदनशील बनाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
-
सर्वोच्चद्वारा सीईओ पाण्डे पक्राउबारे कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो
-
सडक दुर्घटना रोकथामका लागि “डिफेन्सिभ ड्राइभिङ” अनुशिक्षण सम्पन्न
-
सिंहदरबारदेखि सडकसम्म ट्राफिक निगरानी : कानुनको समानता कि व्यवस्थापकीय कठोरता ?
-
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’, वालेन सरकारको ऐतिहासिक निर्णय
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
१० घण्टा अगाडि
1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…



