आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा महिला–बालमैत्री सेवा विस्तार : पर्सामा अत्याधुनिक सेवा केन्द्र सञ्चालन

पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नेतृत्वमा प्रहरी सेवामा भइरहेको संरचनागत सुधार र नागरिकमैत्री रूपान्तरणको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा पर्सामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित अत्याधुनिक सेवा केन्द्र भवन सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा निर्माण गरिएको उक्त विशेष सेवा केन्द्र भवन बुधबार एक विशेष समारोहबीच आईजीपी कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटनसँगै उनले प्रहरी सेवामा संवेदनशीलता, निष्पक्षता र प्रविधिको उच्च प्रयोग अनिवार्य भएको स्पष्ट सन्देश दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ले महिला, बालबालिका र ज्येष्ठ नागरिकजस्ता संवेदनशील समूहलाई प्रदान गरिने सेवा अझ मानवीय, छिटोछरितो र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले भौतिक पूर्वाधार सुदृढीकरणसँगै सेवा प्रवाहको गुणस्तरमा गुणात्मक सुधार ल्याउने लक्ष्यमा नेपाल प्रहरी अघि बढिरहेको उल्लेख गरे ।

“नागरिकको विश्वास जित्ने प्रहरी संगठन निर्माणमा आधुनिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्छ,” आईजीपी कार्कीले भने, “यस सेवा केन्द्रमार्फत सेवाग्राहीले अझ सहज, सुरक्षित र पारदर्शी सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु।”

उद्घाटनपछि उनले भवनका विभिन्न सेवा कक्षहरूको अवलोकन गर्दै डिजिटल अभिलेखीकरण प्रणाली, गोप्य परामर्श कक्ष, महिला तथा बालमैत्री सेवा कक्ष र ज्येष्ठ नागरिक सहायता डेस्कजस्ता सुविधाहरूको प्रभावकारी प्रयोगमा विशेष ध्यान दिन निर्देशन दिए ।

कार्यक्रममा उपस्थित पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नयाँ सेवा केन्द्र सञ्चालनमा आएसँगै न्याय र सुरक्षासम्बन्धी सेवामा नागरिकको पहुँच थप सहज हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी UNOPS का प्रतिनिधिहरूले नेपाल प्रहरीसँगको सहकार्यमा भएको पूर्वाधार विकासलाई सफल र प्रभावकारी परियोजना भएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे । भवन निर्माणमा प्राविधिक प्रतिवेदन वरिष्ठ इन्जिनियर शिशिर उपाध्यायले प्रस्तुत गरेका थिए ।

UNOPS को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न उक्त भवन करिब २ करोड १ लाख ७४ हजार रुपैयाँभन्दा बढी लागतमा तयार गरिएको हो । भवनलाई विशेष रूपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री बनाउँदै गोपनीयता, पहुँच र डिजिटल सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ ।

पछिल्ला वर्षहरूमा महिला हिंसा, बाल अधिकार उल्लंघन तथा ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारका घटना बढिरहेका बेला पर्सामा सञ्चालनमा आएको यो सेवा केन्द्रलाई प्रहरी सेवामा सुधार र नागरिक सुरक्षा सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धि तथा आईजीपी कार्कीको नेतृत्वदायी भूमिकाको प्रभावकारी उदाहरणका रूपमा मूल्यांकन गरिएको छ ।

Facebook Comments Box
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
९ घण्टा अगाडि

1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…

TOP
460 Shares