

पत्रिका बन्द गर्ने धम्कीप्रति पत्रकार महासंघको आपत्ति, प्रेस स्वतन्त्रता हनन भएको आरोप
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले समाचार सामग्रीलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सांसद खरेलको अभिव्यक्तिलाई असंवैधानिक, निन्दनीय तथा जनप्रतिनिधिलाई सुहाउँदो नभएको व्यवहारका रूपमा लिइएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “वैशाख २८ गते संसद् बैठकमा बोल्दै खरेलले संवैधानिक हकको ख्यालै नगरी पत्रिका बन्द गर्न धम्की दिनु असंवैधानिक मात्र होइन, निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहार हो।”
महासंघले सत्ताको आडमा समाचारप्रति असन्तुष्टि जनाउँदै फौजदारी मुद्दा अघि बढाउने तथा साइबर ब्युरोमा उजुरी दिने कार्यसमेत आपत्तिजनक रहेको बताएको छ । समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्नुपर्ने स्पष्ट गर्दै महासंघले प्रेस स्वतन्त्रताविरोधी गतिविधि नदोहर्याउन सांसद खरेललाई सचेत गराएको छ ।
यसैबीच, बीमापोष्ट डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश जारी भएको विषयप्रति पनि महासंघले ध्यानाकर्षण गराएको छ । अदालतको उक्त आदेशमाथि पुनर्विचार गर्न र प्रेसको संवैधानिक अधिकारको संरक्षण गर्न महासंघले माग गरेको छ ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



