

मनसुनको जोखिमः यस वर्ष २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने सरकारी अनुमान
काठमाडौं । सरकारले यस वर्षको मनसुनी अवधिमा बाढी, पहिरो, चट्याङलगायत विपत्बाट देशभर दुई लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने आकलन गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको बैठकले ५१ हजार ६८६ घरपरिवारका कुल दुई लाख २६ हजार ६६१ जना मनसुनी विपत्बाट प्रभावित हुन सक्ने प्रक्षेपण गरेको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अमृत श्रेष्ठले विगतका वर्षमा भएको क्षति, जोखिमको अवस्था र सम्भावित प्रभावलाई आधार मानेर यस वर्षको अनुमान तयार गरिएको जानकारी दिए। उनका अनुसार मनसुन सुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तीव्र बनाउने तथा विपद् भए तत्काल उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुने निर्णय गरिएको छ।
कार्ययोजनामा प्रभावित हुन सक्ने जनसंख्यामध्ये कम्तीमा १० प्रतिशत नागरिक प्रत्यक्ष रूपमा उच्च जोखिममा पर्ने उल्लेख गरिएको छ। उनीहरूका लागि तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणको तयारी गरिने सरकारको योजना छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रारम्भिक अनुमान गरेपछि प्रभावित जनसंख्या केही घट्ने अपेक्षा गरिएको भए पनि बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपत्को जोखिम भने कायमै रहने सरकारी निष्कर्ष छ।
बैठकले ‘खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३’ परिमार्जनसहित स्वीकृत गरेको छ। यससँगै विपद् घटना घट्नेबित्तिकै सरकारी संयन्त्र स्वतः परिचालन हुने कानुनी व्यवस्था समेत बलियो बनाइएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, विपद् व्यवस्थापनका क्रममा गरिने अभ्यासलाई प्रभावकारी र एकरूप बनाउन ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’ पनि स्वीकृत गरिएको छ। सरकारले यसलाई मनसुनजन्य विपत्को सामना गर्न पूर्वतयारी सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



