पूर्वगृहमन्त्री सुधन गुरुङसँग जोडिएको शेयर प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं । 

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित भनिएको शेयर प्रकरण तथा अन्य सार्वजनिक सरोकारका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले गरेको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्।

सरकारका अनुसार गुरुङ गृहमन्त्री रहँदा र त्यसपछि सार्वजनिक भएका विभिन्न सरोकारका विषयमा अध्ययन तथा आवश्यक छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ।

व्यवसायी दीपक भट्टसँग जोडिएको दुई लघुवित्त कम्पनीको सेयर विवाद सार्वजनिक भएपछि पूर्वगृहमन्त्री गुरुङले यसअघि पदबाट राजीनामा दिएका थिए।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
260 Shares