

सांसद हर्क साम्पाङद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद ले प्रधानमन्त्री को राजीनामा माग गरेका छन्।
आज जारी गरिएको प्रेस विज्ञप्तिमार्फत सांसद साम्पाङले प्रधानमन्त्री शाहले संसदको अपमान गरेको, संसदीय परम्परा र अभ्यासको बेवास्ता गरेको आरोप लगाउँदै पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन्।
साम्पाङले प्रधानमन्त्री शाहमाथि संसदीय अभ्यासको इतिहासमा “कालो धब्बा” लगाएको आरोपसमेत लगाएका छन्। उनका अनुसार नीति तथा कार्यक्रम प्रस्तुतिको समयमा प्रधानमन्त्रीको अनुपस्थिति, संसदीय छलफलमा सहभागिता नजनाउनु तथा जनताको सर्वोच्च संस्था संसदप्रति बेवास्ता गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हो।
विज्ञप्तिमा उनले प्रधानमन्त्रीलाई “असक्षम र असफल” को संज्ञा दिँदै जनताका प्रश्नको जवाफ दिन नसक्ने, जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले लोकतन्त्रमा गलत नजिर बस्ने टिप्पणी गरेका छन्।
“कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त हुन सक्दैन। न्यूनतम दायित्वसमेत पूरा नगरेकाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।
सांसद साम्पाङले यस्तो कदमले लोकतान्त्रिक प्रणाली र संसदीय मर्यादा सम्मानित हुने दाबीसमेत गरेका छन्।
समाज
थप सामाग्री-
बालेनद्वारा दिपक साह पछि पर्यटनमन्त्री खडक प्रसाद पौडेल बर्खास्त गर्ने, नेबानीको सक्कल नतिजा बालुवाटार झिकाउँदै
-
मनसुनको जोखिमः यस वर्ष २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने सरकारी अनुमान
-
आज जेठ ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी बैशाख महिनाको उत्कृष्ट प्रशिक्षक घोषित
-
बुढानीलकण्ठ नगरपालिका र इन्डो अष्ट्रेलिया सनातन सोसाइटीबीच सांस्कृतिक सहकार्यबारे छलफल
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
१ दिन अगाडि
1.1kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारी ठेक्कामा वर्षौंदेखि ‘सेटिङ सिन्डिकेट’ चलाउँदै आएको आरोप खेपिरहेको…



