हर्क साम्पाङको कटाक्ष : संसद्‌ आउन नसक्ने प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्नु हास्यास्पद

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह माथि तीव्र कटाक्ष गरेका छन् । संसद्‌मा प्रधानमन्त्री शाहको निरन्तर अनुपस्थितिलाई लिएर साम्पाङले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन् ।

साम्पाङले संसद्‌मा उठेका जनचासोका प्रश्नहरूको सामना गर्न नसक्ने नेतृत्वले राष्ट्रियताको ठूलो मुद्दा उठाउनु हास्यास्पद भएको बताएका छन् । उनले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै लेखेका छन्,
“संसद्‌मा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने, जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरु छैन ।”

प्रधानमन्त्री शाह संसद्‌मा लगातार अनुपस्थित रहेको भन्दै विपक्षी दलहरूले समेत आलोचना गरिरहेका बेला साम्पाङको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ । संसद्‌प्रति सरकारको जवाफदेहितामाथि प्रश्न उठिरहेका बेला सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप अझ चर्किने संकेत देखिएको छ ।

Facebook Comments Box
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
१ दिन अगाडि

1.1kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारी ठेक्कामा वर्षौंदेखि ‘सेटिङ सिन्डिकेट’ चलाउँदै आएको आरोप खेपिरहेको…

TOP
485 Shares