

बाँकेमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप, युवक पक्राउ
बाँके । बाँकेको कोहलपुरमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१, कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगर रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो। सोही उजुरीका आधारमा उनलाई कौशिलानगर क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउ परेका मगरमाथि इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको छ। घटनाको प्रकृति र संकलित प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
बालेनद्वारा दिपक साह पछि पर्यटनमन्त्री खडक प्रसाद पौडेल बर्खास्त गर्ने, नेबानीको सक्कल नतिजा बालुवाटार झिकाउँदै
-
मनसुनको जोखिमः यस वर्ष २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने सरकारी अनुमान
-
आज जेठ ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी बैशाख महिनाको उत्कृष्ट प्रशिक्षक घोषित
-
बुढानीलकण्ठ नगरपालिका र इन्डो अष्ट्रेलिया सनातन सोसाइटीबीच सांस्कृतिक सहकार्यबारे छलफल
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
१ दिन अगाडि
1.1kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारी ठेक्कामा वर्षौंदेखि ‘सेटिङ सिन्डिकेट’ चलाउँदै आएको आरोप खेपिरहेको…



