आजको मौसम : कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको जोखिम

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ । यही प्रणालीका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा, हिमपात र हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था छ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ। बाँकी हिमाली, पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी र मधेस प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसमविद्हरूले विशेषगरी खुला स्थान, खेतीपाती र सडक यात्रामा सतर्कता अपनाउन आग्रह गरेका छन्।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली कायम रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली–पहाडी क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Facebook Comments Box
संकटबीच संगठन जोगाउने कमाण्डर : किन दानबहादुर कार्कीलाई इतिहासकै सफल आइजीपी मानिँदैछ ?
४ घण्टा अगाडि

1.8kViews 196 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजनीतिक हस्तक्षेप, शक्ति केन्द्रको प्रतिस्पर्धा र सुरक्षा संयन्त्रभित्र बढ्दो…

TOP
321 Shares