

आईजीपी दानबहादुर कार्कीको शब्दमा ‘अब बन्छ मेरो देश’ सार्वजनिक, सामाजिक सन्देशसहितको गीतले ध्यान तान्यो
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रहेको नयाँ गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा सामाजिक रूपान्तरण, अन्याय–अत्याचारको अन्त्य तथा न्यायप्रतिको अपेक्षा र नागरिक विश्वासलाई केन्द्रमा राखिएको छ । गीतमार्फत आपसी सहिष्णुता, राष्ट्रिय एकता र समृद्धिको भाव प्रस्तुत गरिएको छ ।
गीतमा संगीत दीपक शर्माको रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् । स्वर समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुवेदी र बेनिसा पौडेलले दिएका छन् । भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापालगायत कलाकारहरूको अभिनय रहेको छ ।
यसअघि पनि आईजीपी कार्कीको शब्दमा आधारित केही गीत सार्वजनिक भइसकेका छन् । तीमध्ये ‘आमा म त खरानीबाट उठेर आएँ’, ‘फूलको बासना सरी’ र ‘मेरो करिमा’ लगायतका गीतहरूले विभिन्न सामाजिक विषयवस्तु उठान गरेको बताइन्छ ।
आइजिपी दानबहादुर कार्की को शब्द रचनामा तयार भएका गीतहरूले प्रहरी संगठन र सामाजिक सन्देशलाई जोड्ने प्रयास गर्दै आएका छन् ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



