सर्लाहीको हरिपुरमा दर्दनाक दुर्घटना : इँट्टाको चाङले थिचेर तीन जनाको मृत्यु, दुई घाइते

सर्लाही । हरिपुर नगरपालिका–५, मजुर्वास्थित कृष्ण इँट्टा उद्योगमा शुक्रबार साँझ भएको दर्दनाक दुर्घटनामा इँट्टाको चाङले थिचेर एक भारतीय नागरिकसहित तीन मजदुरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

भट्टामा पाकेर तयार भएको इँट्टा निकाल्ने क्रममा एक्कासी इँट्टाको चाङ लड्दा दुर्घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। चाङले थिचिएर गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

मृतकहरूमा भारतको लखिमपुर जिल्लाका करिब ३५ वर्षीय अङ्गद कुमार, सर्लाहीको गोडैता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताइ मन्सुर र सोही नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार घटनामा थप दुई जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने ५२ वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले स्काभेटरको सहयोगमा ढलेको इँट्टाको चाङ हटाउने तथा थप जोखिम न्यूनीकरण गर्ने काम गरिरहेको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
161 Shares