ट्रम्पको ताइवानलाई कडा सन्देश: ‘स्वतन्त्रता घोषणा नगर्नुहोस्, म युद्ध चाहन्न’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न कडा चेतावनी दिएका छन्। उनले यस्तो अभिव्यक्ति चीनका राष्ट्रपति सँग बेइजिङमा सम्पन्न दुई दिने शिखर वार्तापछि दिएका हुन्।

शिखर सम्मेलन सकिएलगत्तै शुक्रबार ‘फक्स न्युज’सँगको विशेष अन्तर्वार्तामा ट्रम्पले आफू कुनै पनि नयाँ स्वतन्त्रता आन्दोलनको पक्षमा नरहेको स्पष्ट पारे।

“म कोही पनि स्वतन्त्र भएको हेर्न चाहन्न,” ट्रम्पले भने। “हामीले सम्भावित युद्धका लागि ९ हजार ५ सय माइल टाढासम्म पुगेर लड्नुपर्ने अवस्था आउन सक्छ, जुन म बिल्कुलै चाहन्न।”

उनले थप जोड दिँदै भने, “म ताइवानका जनता शान्त रहुन् भन्ने चाहन्छु, र चीन पनि शान्त रहोस् भन्ने मेरो इच्छा हो।”

यो अभिव्यक्तिले अमेरिका–चीन सम्बन्ध र ताइवानको संवेदनशील भूराजनीतिक मुद्दामा पुनः बहस चर्किने संकेत गरेको छ।

Facebook Comments Box
संकटबीच संगठन जोगाउने कमाण्डर : किन दानबहादुर कार्कीलाई इतिहासकै सफल आइजीपी मानिँदैछ ?
४ घण्टा अगाडि

1.8kViews 196 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजनीतिक हस्तक्षेप, शक्ति केन्द्रको प्रतिस्पर्धा र सुरक्षा संयन्त्रभित्र बढ्दो…

TOP
399 Shares