काठमाडौं उपत्यकामा ९५ कन्सल्टेन्सीमा प्रहरी छापा, ६९ सञ्चालक पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थामा एकैदिन छापा मारेको छ । विदेश अध्ययनका नाममा विद्यार्थीहरूलाई ठगी गरिएको उजुरीपछि शुक्रबार ठूलो स्तरमा कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै विद्यार्थीबाट रकम असुली गर्ने, कागजातसम्बन्धी अनियमितता गर्ने तथा अवैध कारोबारमा संलग्न रहेको आशंकाका आधारमा ती कन्सल्टेन्सीहरूमा अनुसन्धान र छापा मारिएको हो ।

छापाका क्रममा ९५ वटा कन्सल्टेन्सीमा अनुसन्धान गरिएको र ६९ जना सञ्चालकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारीका अनुसार प्राप्त उजुरीका आधारमा विभिन्न स्थानमा सञ्चालित शैक्षिक परामर्श केन्द्रहरूलाई लक्षित गर्दै एकैदिन व्यापक अपरेसन सञ्चालन गरिएको हो ।

प्रहरीले शैक्षिक परामर्शको नाममा हुने सम्भावित ठगी, गैरकानुनी आर्थिक कारोबार तथा कागजात दुरुपयोगबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

त्यस्तै, यस प्रकरणबाट प्रभावित भएका वा ठगीमा परेका व्यक्तिहरूलाई आवश्यक विवरणसहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

Facebook Comments Box
संकटबीच संगठन जोगाउने कमाण्डर : किन दानबहादुर कार्कीलाई इतिहासकै सफल आइजीपी मानिँदैछ ?
४ घण्टा अगाडि

1.8kViews 196 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजनीतिक हस्तक्षेप, शक्ति केन्द्रको प्रतिस्पर्धा र सुरक्षा संयन्त्रभित्र बढ्दो…

TOP
15 Shares