प्रतिनिधिसभा बैठक आज बस्दै, निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । आजको बैठकमा निर्वाचनसम्बन्धी महत्वपूर्ण दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन् । अनुमति प्राप्त भएपछि उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिने कार्यसूची छ।

यस्तै, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत बैठकमा पेश गरिनेछ । त्यसपछि उक्त विधेयक पनि सभामा प्रस्तुत गरिनेछ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए।

उक्त सिद्धान्त र प्राथमिकता अर्थमन्त्री डा. वाग्लेले गत वैशाख ३१ गते प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
265 Shares