रास्वपाको सचिवालय बैठक आज बिहान बस्दै, महाधिवेशन तयारीसहित ९ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान ८ बजे बस्दै छ। आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक प्रतिनिधिसभा बैठक लम्बिएका कारण स्थगित भएपछि सोमबार बिहानका लागि सारिएको हो।

पार्टीका प्रवक्ता का अनुसार संसद्मा प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफलका क्रममा विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक अपेक्षाभन्दा लामो समयसम्म चलेको थियो। त्यसकै कारण रास्वपाले निर्धारित समयमा सचिवालय बैठक बस्न नसकेको उनले बताए।

आज बस्ने बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारीलगायत विभिन्न ९ वटा कार्यसूचीमाथि विस्तृत छलफल हुने जनाइएको छ।

रास्वपाले महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेका बेला बस्न लागेको सचिवालय बैठकलाई पार्टीको आगामी रणनीति र संगठन विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
236 Shares