

प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिले तरंग, राजनीतिक र कूटनीतिक वृत्तमा बहस तीव्र
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि राजनीतिक तथा कूटनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। संसद् बैठकमा बोल्दै उनले नेपाल–भारत सीमा विवादबारे चर्चा गर्ने क्रममा “नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको जानकारी आफू प्रधानमन्त्री बनेपछि पाएको” आशयको अभिव्यक्ति दिएका थिए।प्रधानमन्त्री बालेन शाहको यस्तो भनाइ प्रति कृतिका शाहले आफ्नो फेसबुक पेजमा कडा टिप्पणी गरेकी छिन।
प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई सीमा समस्याबारे नयाँ दृष्टिकोण प्रस्तुत गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले प्रधानमन्त्रीको तहबाट संसद्मा गरिएको यस्तो अभिव्यक्ति असामान्य र संवेदनशील रहेको टिप्पणी गरेका छन्।
सीमा सम्बन्धी विषय नेपाल–भारत सम्बन्धको महत्वपूर्ण र संवेदनशील पक्ष मानिन्छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका क्षेत्रबारे नेपालले लामो समयदेखि आफ्नो दाबी गर्दै आएको अवस्थामा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले थप जिज्ञासा र बहस उत्पन्न गरेको छ।
विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको भनाइले भविष्यमा राजनीतिक तथा कूटनीतिक प्रभाव पार्न सक्ने सम्भावना रहेको छ। विशेषगरी उनले उल्लेख गरेको “नेपालले भारतको सीमा मिचेको” भनिएको क्षेत्र कुन–कुन हुन् भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनीहरूको भनाइ छ।
यस विषयमा सरकारको आधिकारिक धारणा र सम्बन्धित निकायको थप स्पष्टीकरण आउन बाँकी रहेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादको बहसलाई नयाँ मोड दिएको भन्दै सरोकारवालाहरूले तथ्य र प्रमाणका आधारमा स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरिरहेका छन्।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



