संयुक्त नागरिक पार्टीद्वारा प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति गम्भीर आपत्ति

काठमाडौं, जेठ १८ — संयुक्त नागरिक पार्टीले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले संघीय संसदमा दिएको भनिएको “नेपालले पनि भारतको जग्गा थुप्रै मिचेको रहेछ” भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका संयोजक दल मर्दन कामीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त अभिव्यक्तिले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डता जस्ता संवेदनशील विषयमा गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त भनाइप्रति खेद व्यक्त गर्दै सरकारलाई सीमा सुरक्षा, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा राष्ट्रिय हितका विषयमा स्पष्ट, जिम्मेवार र राष्ट्रहितअनुकूल धारणा सार्वजनिक गर्न आग्रह गरिएको छ।

पार्टीले राष्ट्रियताको विषय सम्पूर्ण नेपाली जनताको साझा सरोकार र राष्ट्रिय गौरवको विषय भएको उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी तथा आम नागरिकलाई यस विषयमा सचेत र जिम्मेवार बन्न आह्वान गरेको छ।

त्यस्तै, संयुक्त नागरिक पार्टीले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, धार्मिक स्वतन्त्रता, मानवअधिकार तथा नेपालको सार्वभौमिकताको संरक्षण र प्रवर्द्धनका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता समेत जनाएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
229 Shares