एसएसपी तुलबहादुर कार्की ललितपुर प्रहरी प्रमुख नियुक्त, सफल कार्यकालको शुभकामना

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ।

ललितपुर जिल्लाको सुरक्षा व्यवस्था, अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवाको प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षासहित उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

प्रहरी संगठनमा लामो अनुभव, व्यावसायिक दक्षता र नेतृत्व क्षमताका कारण परिचित एसएसपी कार्कीको नेतृत्वमा ललितपुरको शान्ति सुरक्षा थप सुदृढ हुने विश्वास गरिएको छ।

ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी ग्रहण गर्नुभएका एसएसपी तुलबहादुर कार्कीलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ। उहाँको कार्यकालमा कानुनको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवर्द्धन र नागरिकको विश्वास अझ मजबुत हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
412 Shares