

दाङमा भीषण सडक दुर्घटना : टिपरको ठक्करबाट बाबु–छोराको ज्यान गयो
दाङ — दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित गुल्म चोकमा आइतबार भएको दर्दनाक सडक दुर्घटनामा बाबु–छोराको मृत्यु भएको छ।
प्रहरीका अनुसार रा.४ प.३३९० नम्बरको मोटरसाइकल र रा.१ ख.२१९२ नम्बरको टिपर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोजकुमार नेपाली र उनका ५ वर्षीय छोरा मिरान्त नेपाली गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३४ वर्षीया अनुषा परियार सामान्य घाइते भएकी थिइन्। उनको स्थानीय अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको छ।
घटनामा संलग्न टिपरका चालक शान्तिनगर गाउँपालिका–३ निवासी ३९ वर्षीय शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा तीव्र गति दुर्घटनाको सम्भावित कारण रहेको अनुमान गरिएको छ।
प्रहरीले दुर्घटनाको वास्तविक कारण खुलाउन आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।
सडक दुर्घटनाले एकै परिवारमा ठूलो पीडा थपिएको छ भने स्थानीयवासीले दुर्घटना हुने क्षेत्रमा सवारी साधनको गति नियन्त्रण र सडक सुरक्षाका उपाय प्रभावकारी बनाउन माग गरेका छन्।
समाज
थप सामाग्री-
दाङमा भीषण सडक दुर्घटना : टिपरको ठक्करबाट बाबु–छोराको ज्यान गयो
-
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
-
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
-
ललितपुर पत्रकारिता क्षेत्रमा योगदानको कदर गर्दै विभिन्न पत्रकारहरू सम्मानित
-
काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
२ दिन अगाडि
2.6kViews 188 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले संगठनलाई नागरिकमैत्री, पारदर्शी…



