

काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले जडीबुटी क्षेत्रमा लुटपाटमा संलग्न एक समूहविरुद्ध सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा गोली चल्दा एक जना लुटेरा घाइते भएका छन् ।
शनिबार राति जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै प्रहरीले चलाएको अप्रेसनका क्रममा लुटेरा समूहले प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि जवाफी कारबाही स्वरूप एक राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की घाइते भएका छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घाइते अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार मुठभेडका क्रममा एक जना प्रहरी कर्मचारी पनि घाइते भएका छन् । घाइते प्रहरीको अवस्था सामान्य रहेको बताइएको छ ।
एसएसपी थापाले पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा बढ्दै गएका श्रृंखलाबद्ध लुटपाट तथा चोरीका घटनालाई नियन्त्रण गर्न ‘लुटपाट विरुद्ध विशेष अप्रेसन’लाई थप तीव्र बनाइएको जानकारी दिए ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।
समाज
थप सामाग्री-
काठमाडौँ प्रहरीले ‘लुटेरा विरुद्ध विशेष अप्रेसन’ तीव्र बनायो : जडीबुटीमा गोली चल्दा एक लुटेरा घाइते
-
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
-
राष्ट्रिय महिला अधिकार दिवसमा नविना कार्कीको शुभकामना, महिला सशक्तीकरणमा निरन्तर प्रतिबद्धता व्यक्त
-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
२३ घण्टा अगाडि
1.4kViews 297 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि उठ्दै आएको १६ वर्ष सेवा…



