ललितपुर पत्रकारिता क्षेत्रमा योगदानको कदर गर्दै विभिन्न पत्रकारहरू सम्मानित

ललितपुर — नयाँसडक दैनिकका पत्रकार ज्ञानप्रसाद पौडेल धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभाको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

पत्रकारितामार्फत लामो समयदेखि समाजका जनसरोकारका विषय उठान, नागरिक चेतना अभिवृद्धि तथा सामाजिक परिवर्तनमा पुर्‍याएको योगदानको कदर गर्दै पौडेललाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ ललितपुर शाखाले जनाएको छ। पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै समाजका विविध विषयवस्तुलाई उजागर गर्न तथा जनताको आवाजलाई प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत प्रस्तुत गर्न खेलेको भूमिकाका कारण उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। पौडेल नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पूर्वअध्यक्षसमेत हुन्।

त्यसैगरी कार्यक्रममा विभिन्न श्रेणीका अन्य पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो। राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’, नेपालखबरका जनार्दन पोखरेललाई ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ तथा दियोपोष्टकी रीता बुढाथोकीलाई ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।

ललितपुरका विषयवस्तु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चारडटकमका केदारनाथ दाहाललाई ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउत प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा पत्रकारिताको व्यावसायिक विकास, प्रेस स्वतन्त्रता र संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल गरिएको थियो।

साधारण सभाको बन्द सत्रमा शाखाका सचिव दीपक अर्यालद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको महासंघले जनाएको छ।

Facebook Comments Box
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
१६ घण्टा अगाडि

1.6kViews 265 Shares Share on Facebook Share on Twitter मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा ‘गणतन्त्र दिवस २०८३’ को उपलक्ष्यमा…

TOP
Shares