आज जेठ १९ गते मंगलबार,यस्तो छ तपाईको राशिफल

मेष- आज मेहनतको प्रतिफल प्राप्त हुने दिन छ । विगतमा गरेका प्रयासले सकारात्मक नतिजा दिन सक्छन् । व्यवसाय विस्तार वा नयाँ योजनामा लगानी गर्ने अवसर मिल्न सक्छ । पारिवारिक वातावरण सुखद रहनेछ भने अध्ययन, अनुसन्धान तथा यात्राबाट लाभ मिल्ने संकेत छ ।

वृष- चुनौतीहरूका बीच पनि आत्मविश्वास कायम रहनेछ । गुरुजन तथा अनुभवी व्यक्तिको सुझावले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ । लामो समयदेखि रोकिएका वा अपूरा रहेका काम पूरा हुने सम्भावना छ । आर्थिक पक्ष पनि सन्तोषजनक रहने देखिन्छ ।

मिथुन- पढाइ तथा काममा एकाग्रता कायम राख्न केही कठिनाइ हुन सक्छ । स्वास्थ्यमा चिसो तथा थकानको असर देखिन सक्छ । सम्बन्धमा सामान्य गलतफहमी देखिए पनि संयमता अपनाए समाधान हुनेछ । अनावश्यक बहसबाट टाढा रहनु उपयुक्त हुनेछ ।

कर्कट- आत्मविश्वास र इच्छाशक्ति बढ्नेछ । नयाँ कामको थालनी वा पुराना योजनाको सफल कार्यान्वयन हुन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । परिवार तथा प्रेम सम्बन्धमा निकटता र विश्वास थप मजबुत बन्ने संकेत छ ।

सिंह- अवसरको खोजीमा सक्रियता बढ्नेछ । आर्थिक पक्षमा केही दबाब महसुस हुन सक्छ, त्यसैले खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । परिवार र सामाजिक सम्बन्धमा धैर्यता अपनाउँदा विवाद टार्न सकिनेछ ।

कन्या- रोकिएका कामहरू पुनः अघि बढ्नेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । पेशा तथा व्यवसायमा प्रतिष्ठा बढ्ने संकेत छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसले भविष्यमा उन्नतिको मार्ग खोल्नेछ ।

तुला- स्वास्थ्य र खर्चको विषयमा सजग रहनुपर्ने दिन छ । जिम्मेवारी बढ्न सक्ने भएकाले समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । आत्मविश्वासका साथ अघि बढे सामाजिक क्षेत्रमा प्रभाव कायम रहनेछ।

वृश्चिक- अधुरा र रोकिएका काम पूरा हुने सम्भावना छ । साथीभाइ तथा शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । दीर्घकालीन योजना बनाउन र लगानीका विषयमा निर्णय लिन समय अनुकूल देखिन्छ।

धनु- व्यवसाय तथा पेशागत क्षेत्रमा सफलता मिल्नेछ । अप्रत्याशित उपलब्धि प्राप्त हुन सक्छ । अनुभवी व्यक्तिको सल्लाहले महत्वपूर्ण अवसर प्राप्त गराउन सक्छ। आत्मविश्वास बढ्ने दिन छ।

मकर- नयाँ ज्ञान, सीप तथा यात्राबाट लाभ मिल्ने संकेत छ। आम्दानीमा सुधार आउनेछ । दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा समझदारी र आत्मीयता बढ्नेछ। शैक्षिक क्षेत्र पनि अनुकूल रहने देखिन्छ।

कुम्भ- स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने समय छ । खर्च बढ्न सक्ने भएकाले आर्थिक योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ । प्रतिस्पर्धात्मक क्षेत्रमा सतर्कता आवश्यक छ । अध्ययन र सम्बन्धमा धैर्यता अपनाउनुपर्छ।

मीन- साझेदारी तथा सहकार्यबाट लाभ मिल्नेछ । जीवनसाथी वा नजिकका व्यक्तिको सहयोग प्राप्त हुनेछ । आम्दानी बढ्ने तथा नयाँ अवसर प्राप्त हुने संकेत छ । प्रेम, शिक्षा र सिर्जनात्मक क्षेत्रमा सकारात्मक परिणाम देखिनेछ ।

Facebook Comments Box
TOP
234 Shares