कैलालीमा करेन्ट लागेर माछा मार्ने क्रममा २५ वर्षीय युवकको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६, बागमारा निवासी २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर ज्यान गएको हो ।

सोमबार साँझ घर नजिकै रहेको तराइला नदीमा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका भुललाई तत्काल उपचारका लागि लम्कीस्थित भल्का अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP
442 Shares