

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक : अमेरिकी डलर १५३ रुपैयाँ नजिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य १५३ रुपैयाँ नजिक पुगेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले विदेशी मुद्रा विनिमय दर बजारको अवस्थाअनुसार आवश्यक परे जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्ने उल्लेख गर्दै अद्यावधिक दर आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



