रवि लामिछानेको दिल्ली अभिव्यक्ति: ‘समृद्ध नेपालको ढोका खोल्ने एजेन्डासहित आएको हुँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै आफू व्यक्तिगत वा पार्टीगत माग लिएर नभई समृद्ध नेपालको एजेन्डासहित आएको बताएका छन्।

उनले नयाँ दिल्लीलाई विगतमा राजनीतिक संवाद र पहुँचको केन्द्रका रूपमा प्रयोग गरिँदै आएको उल्लेख गर्दै यसपटक आफ्नो उद्देश्य फरक रहेको दाबी गरे।

रवि लामिछानेले भने, “नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै मानिसहरू आए, तर म यसपटक समृद्धिको ढोका खोल्न आएको हुँ। समृद्ध नेपालको सपना हामीले लामो समयदेखि देख्दै आएका छौँ। त्यसलाई साकार पार्ने सहकार्यको एजेन्डा बोकेर आएको हुँ।”

उनले आफ्नो भ्रमण कुनै व्यक्तिगत स्वार्थ वा पार्टीगत मागसँग सम्बन्धित नभएको स्पष्ट पार्दै नेपाल र नेपालीको उन्नति नै आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गरे।

“मेरो व्यक्तिगत माग वा मुद्दा केही छैन, पार्टीगत माग पनि छैन। मेरा माग र मुद्दा केवल नेपाल र नेपालीको उन्नतिमा केन्द्रित छन्,” उनले भने।

उनको यो अभिव्यक्तिले नेपाल–भारत सम्बन्ध, विकास सहकार्य र राजनीतिक सन्देशका दृष्टिले ध्यान आकर्षित गरेको छ।

Facebook Comments Box
एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न
११ घण्टा अगाडि

1.4kViews 435 Shares Share on Facebook Share on Twitter चितवन । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख एआईजी हिमालय…

TOP
416 Shares