

पदोन्नति भएका ४४ प्रहरी अधिकृतलाई आईजीपी कार्कीद्वारा दर्ज्यानी चिन्ह सुशोभन, बढ्यो जिम्मेवारी
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।
नेपाल सरकारका प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयअनुसार जनपदतर्फ १ जना र प्राविधिकतर्फ ३ जना गरी ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका थिए। त्यस्तै, गृह मन्त्रालय (सचिवस्तर) को सोही मितिको निर्णयबाट जनपदतर्फ १ जना र प्राविधिकतर्फ १२ जना गरी १३ जना प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका छन्।
यसैगरी १६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) र १४ जना प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) समेत पदोन्नति भएका छन्। विभिन्न तहमा पदोन्नति भएका कुल ४७ जना अधिकृतमध्ये ४४ जनालाई शुक्रबार आयोजित समारोहमा दर्ज्यानी चिन्ह सुशोभन गरिएको हो।
पदोन्नति भएका अधिकृतहरूमध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षक भने तालिमका लागि दक्षिण कोरियामा रहेकाले समारोहमा सहभागी हुन सकेनन्।
समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले पदोन्नति कुनै संयोग नभई कार्यक्षेत्रमा देखाएको लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको समर्पणको मूल्यांकन भएको बताए। उनले पदोन्नतिसँगै जिम्मेवारी र अपेक्षा पनि बढ्ने उल्लेख गर्दै थप सिर्जनशील, जवाफदेही तथा संवेदनशील भएर सेवा प्रवाह गर्न निर्देशन दिए।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य राख्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्रबहादुर सिंहले प्राप्त जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संगठनको लक्ष्य हासिल गर्न अझ उत्कृष्ट ढंगले कार्य गर्ने बताए।
विशेष समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल प्रहरी संगठनभित्र पदोन्नतिलाई व्यावसायिक क्षमता, कार्यसम्पादन र समर्पणको सम्मानका रूपमा हेरिने गरिन्छ। शुक्रबारको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमले पदोन्नति भएका अधिकृतहरूलाई थप जिम्मेवार र परिणाममुखी ढंगले काम गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
डीआईजी सरुवा किन रोकियो ? गृह मन्त्रालयको मौनताबीच प्रहरी संगठनमा बढ्दै प्रश्न र असन्तुष्टि
-
पदोन्नति भएका ४४ प्रहरी अधिकृतलाई आईजीपी कार्कीद्वारा दर्ज्यानी चिन्ह सुशोभन, बढ्यो जिम्मेवारी
-
सरकारी निर्णयविरुद्ध पत्रकार महासङ्घ आक्रामक, दबाबमूलक आन्दोलनको घोषणा
-
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा एसएसपी सुरेश काफ्ले, विवादपछि शान्तिराज कोइरालाको सरुवा बदर
-
एसएसपी रमेश थापाको काठमाडौं परिसर नेतृत्व अवधि सम्पन्न, प्रहरी प्रधान कार्यालयमा सरुवा
एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न
८ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter चितवन । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख एआईजी हिमालय…



