चितवनको माडीमा बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते, वीरगन्जमा थप उपचारका लागि रेफर

चितवन । चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा बाघसँग मोटरसाइकल ठोक्किँदा एक जना चालक घाइते भएका छन्।

माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल जङ्गली बाघसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा पर्सा ठोरी गाउँपालिका–१ निवासी करिब ४० वर्षीय अजित कुँवर घाइते भएका छन्। उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको बताइएको छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि ठोरीको स्वास्थ्य चौकी चोकबजारमा लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि उनलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Facebook Comments Box
एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न
११ घण्टा अगाडि

1.4kViews 435 Shares Share on Facebook Share on Twitter चितवन । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख एआईजी हिमालय…

TOP
456 Shares