आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २२ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

राष्ट्र बैङ्कका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ १७ पैसा रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

नेपाल राष्ट्र बैङ्कले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमय दर संशोधन गर्न सकिने स्पष्ट गरेको छ। साथै, वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैङ्कको वेबसाइट हेर्न आग्रह गरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
418 Shares