

समसामयिक राजनीतिक एजेन्डामा छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्को प्रभावकारिता तथा राष्ट्रिय महत्वका समसामयिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सर्वदलीय बैठक आह्वान गरेको छ।
रास्वपा सभापति रवि लामिछानेको पहलमा सोमबार बिहान ९ बजे सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बैठक बस्ने तय भएको छ।
बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, संसद्को भूमिकालाई थप प्रभावकारी बनाउने उपाय तथा राष्ट्रिय सरोकारका विविध मुद्दामा राजनीतिक दलहरूबीच खुला संवाद हुने जनाइएको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बैठकमा सहभागी हुन औपचारिक निमन्त्रणा पठाइएको छ।
छलफललाई सार्थक, व्यवस्थित र निर्णयमुखी बनाउन प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई सहभागी हुन आग्रह गरिएको बुर्लाकोटीले जानकारी दिए।
रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दल एकै थलोमा बसेर राष्ट्रिय मुद्दामा संवाद र सहकार्यको वातावरण निर्माण गर्न सके राजनीतिक गतिरोध अन्त्य गर्न तथा साझा राष्ट्रिय एजेन्डामा सहमति जुटाउन सहज हुने विश्वास व्यक्त गरेको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



