

अख्तियारले ओलीका स्वकीय सचिव राजेश बज्राचार्यविरुद्ध अकुत सम्पत्ति सम्बन्धी अनुसन्धान अघि बढायो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि अकुत सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान सुरु गरेको छ।
आयोगले बज्राचार्यलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएपछि उनले १३ पृष्ठको विस्तृत फारम भरेर आयोगमा बुझाएका छन्। स्रोतका अनुसार उक्त विवरण गत शुक्रबार बुझाइएको हो।
अख्तियारले प्रयोग गर्ने १३ पृष्ठे सम्पत्ति विवरण फारममार्फत स्रोत, आय, चल–अचल सम्पत्ति, बैंक मौज्दात तथा पारिवारिक सम्पत्तिबारे विस्तृत विवरण संकलन गरिन्छ। प्रारम्भिक विश्लेषणपछि सम्पत्तिको स्रोत पुष्टि हुन नसके भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गर्न सकिने कानुनी व्यवस्था रहेको छ।
बज्राचार्य यसअघि पनि नेपाल ट्रस्टअन्तर्गत दरबारमार्गस्थित जग्गा लिज प्रकरणसँग जोडिएका थिए। त्यतिबेला यति समूहअन्तर्गतको थामसेर्कु ट्रेकिङले उक्त जग्गा लिजमा लिँदा भएको भनिएको अनियमितताबारे अनुसन्धानका क्रममा उनको संलग्नताको विषय उठेको थियो।
त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान निष्कर्षअनुसार बज्राचार्य र उनकी पत्नी रश्मी शाक्यले यति समूहबाट भक्तपुरको बालकोटस्थित रोज भिलेज हाउजिङमा रहेको घर घुसस्वरूप प्राप्त गरेको आशंका गरिएको थियो। यद्यपि उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा अघि नबढाउने निर्णय गरेको थियो।
पछि सीआईबीले २०८२ पुसमा थप अनुसन्धान आवश्यक रहेको निष्कर्षसहित अख्तियारलाई पत्राचार गरेपछि हाल आयोगले पुनः अनुसन्धान अघि बढाएको हो।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



