

हर्क साम्पाङको बालेनलाई कडा चुनौती–‘नेपालले भारतको कहाँ–कहाँ अतिक्रमण गर्यो? प्रमाण दिनू, अभिव्यक्ति सच्याउनू’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को हालैको सीमा सम्बन्धी अभिव्यक्तिमाथि कडा आपत्ति जनाउँदै त्यसलाई तत्काल सच्याउनुपर्ने माग गरेका छन्।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री उपस्थित नभएको र यस विषयमा कुनै आधिकारिक स्पष्टिकरण नआएकोप्रति असन्तुष्टि जनाए।
साम्पाङले भने, “आज उहाँ यहाँ आउनु पनि भएको छैन, आउने संकेत पनि छैन। उहाँले नेपालको सिमानाबारे हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ–कहाँ अतिक्रमण गरेको रहेछ भन्ने कुरा प्रमाणित गर्नुपर्छ। नेपाली जनतालाई सम्बोधन गर्दै आफ्नो भनाइ सच्याउनुपर्छ।”
उनको भनाइसँगै सदनमा सीमा सम्बन्धी विवादित अभिव्यक्तिको विषय फेरि चर्चामा आएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



