

एमाले पुनर्गठन कार्यदलको बैठक आज बस्दै, एक महिनाभित्र प्रतिवेदन बुझाउने तयारी
काठमाडौं । नेकपा एमालेको पुनर्गठन कार्यदलको बैठक आज बस्ने भएको छ। कार्यदलको बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।
जेठ १० गते बसेको सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध, सुदृढ र रूपान्तरण गर्ने उद्देश्यसहित पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको थियो।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठन गरिएको १५ सदस्यीय कार्यदललाई पार्टी पुनर्गठनसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी एक महिनाभित्र बुझाउने जिम्मेवारी दिइएको छ।
कार्यदलले संगठन सुदृढीकरण, आन्तरिक एकता, नीतिगत स्पष्टता र पार्टी संरचनामा आवश्यक सुधारका विषयमा सुझावसहित प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



