छानबिनपछि गृहमन्त्रीमा सुधन गुरुङ पुनः फर्किने, महावीर पुनलाई विज्ञान मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । सम्पत्तिसम्बन्धी विवादका कारण राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङ पुनः पदमा फर्किने भएका छन् । सरकारले गठन गरेको छानबिन समितिले उनीविरुद्ध लागेका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेपछि उनको पुनः नियुक्तिको बाटो खुलेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समितिको प्रतिवेदन स्वीकृत गरेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिने तयारी अघि बढाएको जनाइएको छ ।

गुरुङको राजीनामापछि सरकारको नैतिकता र जवाफदेहितामाथि प्रश्न उठिरहेका बेला छानबिन प्रतिवेदनले आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि सरकार आफ्नो निर्णयमा अडिग देखिएको छ ।

त्यस्तै, सरकारले वैज्ञानिक तथा नवप्रवर्तन क्षेत्रलाई सशक्त बनाउन महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

उनीहरूको शपथग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने जनाइएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
317 Shares