

कालीमाटी बजारमा आजका लागि तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिले सार्वजनिक गरेको सूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) रु ७०, गोलभेँडा सानो (लोकल) रु २० र गोलभेँडा सानो (टनेल) रु ३७ कायम गरिएको छ। त्यस्तै आलु रातो (लाम्चो) रु ३८, आलु रातो (गोलो) रु ३२, आलु रातो (मुढे) रु ३५ र प्याज सुकेको (भारतीय) रु ४३ निर्धारण गरिएको छ।
तरकारी समूहअन्तर्गत गाजर (लोकल) रु १००, बन्दा (लोकल) रु ६०, काउली स्थानीय रु ७०, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु ४० र भन्टा डल्लो रु ५० तोकिएको छ।
त्यसैगरी बोडी (तने) रु ३०, मकै बोडी रु ५०, मटरकोसा रु २००, घिउ सिमी (लोकल, हाइब्रिड) रु ५०–५०, घिउ सिमी (राजमा) रु १००, टाटे सिमी रु ७०, भटमास कोसा रु १२०, तीते करेला रु ४०, लौका रु ६०, परवर (लोकल र तराई) रु ५०–५०, चिचिण्डो रु ५०, घिरौँला र झिगुनी रु ६०–६०, फर्सी पाकेको र हरियो फर्सी रु ६०–६० तथा डल्लो फर्सी रु ४० कायम गरिएको छ। भिन्डी रु ३५, सखरखण्ड रु ७०, पिँडालु रु ९० र स्कुस रु ६० निर्धारण गरिएको छ।
सागसब्जीमध्ये रायोसाग रु ५०, पालुङ्गो, चमसुरको साग र हरियो प्याज रु ९०–९०, च्याउ (कन्य) रु २३०, च्याउ (डल्ले) र राजा च्याउ रु ३५०–३५० तथा सिताके च्याउ रु १,००० तोकिएको छ।
अन्य उत्पादनतर्फ कुरिलो रु ३५०, न्युरो रु ८०, ब्रोकाउली रु १००, चुकन्दर रु ६०, सजीवन रु १२०, सेलरी रु १३०, पार्सले रु २२०, पुदिना रु १२०, इमली रु २००, तामा रु १४०, तोफु रु १६० र गुन्द्रुक रु ३५० निर्धारण गरिएको छ।
फलफूलमा स्याउ (फुजी) रु ३००, केरा (नेपाली) दर्जन रु २०० र मालभोग रु २२०, कागती रु १७०, अनार रु ४२०, आँप (मालदह) रु ७० र दशहरी रु १००, तरबुजा रु ५०, जुनार रु २२०, भुइँकटहर रु २००, काँक्रो (लोकल) रु ७०, काँक्रो (हाइब्रिड) रु २०, काँक्रो (लोकलक्रस) रु ६० तथा रुखकटहर रु ५० तोकिएको छ।
त्यस्तै नासपाती (चाइनिज) रु १६०, मेवा (नेपाली) रु ९० र भारतीय मेवा रु १००, लिची (लोकल) रु २५० र भारतीय रु ३००, नरिवल (काँचो) रु ८० र हरियो नरिवल रु १७० निर्धारण गरिएको छ।
मसलाजन्य वस्तु तथा अन्यतर्फ अदुवा रु १३०, सुकेको खुर्सानी रु ४५०, हरियो खुर्सानी (लाम्चो र बुलेट) रु ५०–५०, माछे खुर्सानी रु ६०, अकबरे खुर्सानी रु ३००, भेडेखुर्सानी रु ८०, हरियो लसुन रु २००, हरियो धनियाँ रु १००, सुकेको लसुन (चाइनिज) रु २२० र नेपाली रु १८० कायम गरिएको छ।
माछाजन्य वस्तुमा सुकेको माछा रु १,०००, ताजा माछा (रहु) रु ३४०, (बचुवा) रु ३०० र (छडी) रु २५० निर्धारण गरिएको समितिले जनाएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



