सरकारको ठूलो घोषणा: ६ सय दिनभित्र सुकुम्बासी र भूमिहीनलाई जग्गा उपलब्ध गराइने

काठमाडौं । सरकारले सुकुम्बासी तथा भूमिहीन नागरिकलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमावली पारित भएसँगै सरकारले उक्त घोषणा गरेको हो। नियमावली कार्यान्वयनसँगै देशभरका भूमिहीन तथा सुकुम्बासी परिवारलाई व्यवस्थित रूपमा जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।

सरकारका अनुसार दीर्घकालीन रूपमा भूमिहीनताको समस्या समाधान गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको हो। भूमिसम्बन्धी व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउँदै लक्षित वर्गलाई निश्चित समयसीमाभित्र जग्गा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

यस निर्णयलाई भूमि अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
331 Shares